सन्राइज म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने “सन्राइज ब्लूचिप फण्ड” को प्रति इकाई मूल्य रु. १०/– दरको १० करोड इकाई मध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक श्री सन्राइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला केही दिनको लागि बिक्री खुल्ला थप भएको जानकारी गराएको छ । साथै, उक्त निष्काशन तथा बिक्री खुल्ला माग भन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा मिति २०७७ चैत्र १६ अगावै निष्काशन तथा बिक्री बन्द गर्न सकिने समेत सम्बन्धित सबैको जानकारी गराएको छ ।


उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।

तपाईको प्रतिक्रिया