सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने १ अर्ब रुपैयाँबराबरको ‘सनराइज ब्लुचिप फन्ड’ मो आवेदन दिने आज (चैत ८ गते) अन्तिम दिन रहेको छ। सनराइज क्यापिटलका अनुसार आज बैंकिङ समयसम्म यो फन्डमा आवेदन दिन सकिनेछ।

गत चैत १ गतेबाट यो फन्डका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुलाइएको छ। कुल इकाइमध्ये न्यूनतम १ करोड ५० अर्थात १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुलाइएको हो। यो बन्दमुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतमा १ करोड इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। यसमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा तथा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

यो योजनालाई नेपाल धितोपत्र बोर्डले गत फागुन १८ गते निष्कासन अनुमति दिएको थियो।

तपाईको प्रतिक्रिया