
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, जनकपुरधाममा बाह्रौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सो सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सञ्चालक समितिमा १ जना सर्वसाधारण शेयरधनीको समूबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १७ गते बुकक्लोज गर्नेछ। यस अनुसार चैत १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँ रहेको छ। १२ प्रतिशतका दरले १ करोड ४६ लाख ८ हजार ९०१ रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १३ करोड ६३ लाख ४९ हजार ७४३ रुपैयाँ पुग्नेछ।