रमाईलो सेवा समुहले प्रथम बार्सिकउत्सब मनाएको छ । प्रथम वार्षिकोत्सबको अवसर पारेर झापा जिल्लाको कन्काई नगरपालिका ४ मा अवस्थित पुकार अपाङ्ग अशक्त समाजमा रहेका अशक्तहरुलाई खाना खुवाई खाध्यन्न समेत बितरण गरेको छ। देश बिदेशमा रहनु भएका यस ग्रुपका मेम्बरहरुले आआप्mनो क्षेत्रबाट सहयोग गरि यस कार्यक्रम सफल बनाइएको थियो । आयोजक टिमको प्रयास र ग्रुप मेम्बरहरुको यथेष्ट सहयोगले नै यस्ता सामाजिक कार्य गर्न सफल भइएको आयोजक समितिका सचिब कृष्ण घिमिरेले बताउनुभयो।

बिगतका दिन देखि नै सामाजिक काममा अग्रसर रहेको र आगामी दिनहरुमा पनि सामाजिक कार्यलाई निरन्तरता दिइरहने ग्रुपका अध्यक्ष पुष्पलाल भट्टराईले बताउनु भयो । रमाइलो सेवा समूह एक फेसबुक ग्रुप रहेको छ । जसले रमाइलोसँगसँगै सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया