रुरु जलविद्युत लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि यही चैत २० गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँका दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो।

कम्पनीले कुल ४ लाख ७ लाख ७०६ कित्ता सेयर निष्कासन गर्नेछ। जसमा २ प्रतिशतले हुन आउने ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

यो आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

रुरु जलविद्युतको आईपीओमा निष्कासन बन्द छिटोमा चैत २० गते र ढिलोमा वैशाख ३ गते बैंकिङ समयपछि हुनेछ।

यसअघि कम्पनीले गत माघ २१ गतेदेखि फागुन २१ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो। आयोजना प्रभावितलाई यो कम्पनीले कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ बिक्री गरेको थियो।

धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया