प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज शुक्रबार चैत १३ गते अन्तिम दिन हो । लगानीकर्ताले शुक्रबार कार्यालय समय भित्रमात्रै आवेदन दिन पाउनेछन् । प्राइमले फागुन २८ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।
पहिलो चरणमा चैत ३ गतेसम्म आवेदन दिने समय भनिए पनि ऋणपत्र सबै बिक्री नभएपछि समय थप गरेर आवेदन दिन पाउने म्याद चैत १३ गतेसम्म पुर्याएको हो। बिक्री खुला भएको इकाईमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकले बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । प्राइमले ८ वर्ष अवधिको ऋणपत्र जारी गरेको हो ।
यसमा वार्षिक ब्याजदर ८.७५% तोकिएको छ । प्राइमले ‘८.७५% प्राइम डिबेन्चर २०८५’ जारी गरेको हो । यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।
साथै, मेरो सेयर एपबाट पनि डिबेन्चरमा आवेदन दिने व्यवस्था गरिएको हुन्छ । बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गरेको छ । प्राइमले ऋणपत्र बिक्रीबाट प्राप्त हुने रकममध्ये ८४% कर्जा तथा सापट, १०% लगानी, १% शाखा विस्तार र ५% अन्यमा खर्च गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया