नेप्सेमा सूचीकृत तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज (चैत १६ गते) अन्तिम दिन रहेको छ।

नेपाल इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजनार्थ भोलि अर्थात चैत १७ गते बुकक्लोज गर्दैछ। सोही कारण यी तीन कम्पनीको लाभांश प्राप्त गर्न आजसम्म शेयरधनी बन्नु पर्नेछ।

नेपाल इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले चैत २७ गते, शुक्रबार, एयरपोर्ट होटल, सिनामङ्गल काठमाडौँमा बिहान ११ बजे ७२ औँ वार्षिक साधारण सभा बोलाएको हो।

त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले ३.८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २८ गते, होटल बासाही, लेकसाइड, पोखरामा आठौँ वार्षिक साधारण सभा बोलाएको छ।

यता, मिथिला लघुवित्तले १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २९ गते १२ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, जनकपुरधाममा बिहान ११ बजे शुरु हुनेछ।

तपाईको प्रतिक्रिया