वृद्धवृद्धाको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नका लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्देश्यसहित पञ्चकन्या फाउन्डेसन र अजिसबीच नीतिगत सम्झौता भएको छ।

पञ्चकन्या फाउन्डेसन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो। जुन पञ्चकन्या ग्रुपअन्तर्गत निर्माण सामग्रीहरुको उत्पादन तथा विभिन्न व्यापारिक क्षेत्रमा सन् १९७२ देखिनै अग्रणी रुपमा रहदै आएको छ।

अजिस पनि एउटा सामाजिक क्षेत्रमा पाको उमेरका मानिसहरुलाई स्वस्थ तथा सुखमय जीवनयापन गर्नका लागि उनीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रबद्र्धन गर्न मद्दत पुर्याउने संस्था हो। यी दुई संस्थाबीच साझेदारीको मुख्य उद्देश्य भनेको युवापुस्ता र वृद्धवृद्धाहरुबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्रचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पुर्याउनु हो।

यसको प्रत्येक शृंखलाले पाको उमेरका बुढापाकाहरुको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाई बारेमा भावी पिढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्दछ। यसको प्रत्येक शृंखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ।

तपाईको प्रतिक्रिया