सांग्रिला डेभलपमेण्ट बैंकको ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंकको चैत २३ गते सम्पन्न भएको १६ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनकालागि ०।२६३२ प्रतिशतले हुन आउने ६८ लाख ५९ हजार ५८० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यसका साथै सभाले आर्थिक वर्ष ०७६ ७७ को वित्तिय विवरण र आ।व ७७ ७८ कोलागि लेखा परिक्षक नियुक्तीको प्रस्ताव पनि पारित गरेको छ ।

तपाईको प्रतिक्रिया