सिभिल बैंकले ८ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ । बैंकले उक्त बोनस शेयर वापतको ६४ लाख २ हजार ७११ दशमलव ७४ कित्ता शेयर सोमवार नेप्सेमा सूचीकृत गराएको हो ।

मंगलवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंकले उक्त बोनस शेयर गत फागुन ९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । बोनससँगै बैंकले शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश समेत उक्त सभाबाट पारित गरेको थियो ।

तपाईको प्रतिक्रिया