
आज तिन लघुवित्त कम्पनीहरुले वार्षिक साधारण सभा सम्पन्न गर्दैछन् । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाले मंगलवार वार्षिक साधारण सभा बोलाएका हुन । उन्नति सहकार्य लघुवित्तले होटल पौवा रुपन्देहीमा बिहान १०ः३० बजे साधारण सभा बोलाएको हो । साभाले १७ दशमलव ८१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । चैत १७ गते सम्म कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।
त्यस्तै आरम्भ चौतारी लघुवित्तले पञ्चकन्या बैक्वेट काभे्रपलाञ्चोकमा बिहान ११ बजे सभा बोलाएको छ । सभाले ८ दशमलव ८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । यस कम्पनीको पनि चैत १७ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
उता, सुर्योदय लघुवित्तले सहयात्री पार्टी ब्यालेस स्याङ्जामा बिहान ८ बजे सभा बोलाएको छ । सभाले १५ दशमलव ३४५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८०७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । चैत १८ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । सुर्योदय लघुवित्तको सभा भने अहिले चलिरहेको जानकारी कम्पनीले दिएको छ ।