डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९६ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको चैत मशान्तसम्म्मा २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ५१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ जुन ९६.०९ प्रतिशतले धेर हो।

लघुवित्तको खुद ब्याज आम्दानी ४७ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी ३७ प्रतिशतले बढेको छ। जसले गर्दा उसको नाफा बढ्न सहयोग पुगेको देखिन्छ। लघुवित्तको नाफामा राइट ब्याकको पनि टेवा छ।

१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले प्रतिशेयर आम्दानी ३५ रुपैयाँबाट बढाएर ५९ रुपैयाँ पुर्याएको छ।

लघुवित्तले समिक्ष अवधिमा निक्षेप संकलन २८ प्रतिशतले बढाएको छ भने कर्जा लगानी २५ प्रतिशतले बढाएको छ। लघुवित्तको खराब कर्जा २.५८ प्रतिशतबाट घटेर ०.५३ प्रतिशतमा झरेको छ।

तपाईको प्रतिक्रिया