अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको ५० प्रतिशत हकप्रद सेयर बाँडफाँड गरिएको छ।

कम्पनीले १ः.०.५ अनुपातमा गत वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि निष्कासन गरेको थियो। सोही हकप्रद कम्पनी सञ्चालन समितिले सेयरधनीहरुलाई बाँडफाँड गरेको धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ।

क्यापिटलका अनुसार कुल निष्कासित कित्तामध्ये रितपूर्वक आवेदन दिएका २२ हजार ७० जना सेयरधनीलाई ४८ लाख ४ हजार ३१३ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको छ।

आफ्नो कायम हकभन्दा बढी सेयर माग गरी दरखास्त दिएका आवेदकहरुको हकमा बाँडफाँड नपरेका हकप्रद सेयरबापतको रकम जेठ २१ गतेदेखि आईपीएसमार्फत सम्बन्धित आवेदकको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ। कम्पनीले त्यस्तो रकम आफ्नो खातामा जम्मा भए नभएको यकिन गर्नसमेत आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया