नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाद्धारा राष्ट्रिय आविस्कार केन्द्र नेपालका संस्थापकअध्यक्ष आदरणीय डा. महाविर पुनज्यूको उपस्थिितिमा २४ हजार पाँच सय अमेरिकी डलर बराबरको आर्थिक सहयोग हस्तान्तरण गरेको छ । नेब्रास्का नेप्लिज सोसाइटी अमेरिकाका वर्तमान अध्यक्ष श्री कृष्ण कडेलज्यूको अध्यक्षतामा शुरु भएको सहयोग हस्तान्तरण कार्यक्रममा डा. पुन प्रमुख अतिथि हुनुहुन्थ्यो । संस्थाका सह सचिव रघु सापकोटाले स्वागत मन्तव्य राख्दै संस्थाले प्रदान गरेको सहयोग नेपालमा कोमिड संक्रमित नेपाली दाजुभाईलाई चाँडो भन्दा चाँडो पुग्ने कुरामा विश्वास राख्नु भयो ।
नेब्रास्का नेप्लिज सोसाइटी अमेरिका सञ्चालक डा. सुुवास बानियाँले युनिर्भसिटी अफ नेब्रास्का मेडिकल सेन्टरले उक्त संस्थालाई १५ हजार अमेरिकी डलर बराबरको औषधिले धेरै नेपाली दाजुभाई दिदी बहिनीको ज्यान बच्ने विश्वास लिदै समाज सेवा र सहयोगी मनप्रति हार्दिक धन्यवाद दिनुभयो ।

Online Arthik










