दिनदिनै पूँजीबजारले नयाँ नयाँ रेकर्ड बनाईरहेको छ । यस बीचमा नेपालको शेयर बजारमा हाईड्रोपावर कम्पनीहरुमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिरहेको छ । कमजोर वित्तीय अवस्थामा रहेका कम्पनीहरु प्रति आकर्षण देखिरहेकोमा अब पछिल्लो केहि दिन यता माउन्टेन इनर्जी जस्ता निरन्तर ३–४ बर्षदेखी नाफामा रहेका कम्पनीहरु प्रति ठुला लगानीकर्ताहरुको आकर्षण बढ्दा कम्पनीको आम्दानीको अनुपातमा बजार मूल्य एकदमै कम हुनुले गर्दा पनि यस्ता कम्पनीहरुको बजार मूल्य र कारोबारमा एकाएक उछाल आइरहेको छ ।

माउन्टेन इनर्जी (MEN) मा पनि यस्तै देखिएको छ । आइपिओ पश्चात दोस्रो बजारमा कारोबार शुरु भए लगतै यसको शेयर मूल्य निरन्तर बढीरहेकोमा लामो समय ७०० को हाराहारीमा नै रहेको थियो । अहिले केहि दिन यता यसको मूल्य र कारोबार रकममा एक्कासी बढेर जानुको कारण बारे हामीले खोजि गरेका छौँ ।

यो कम्पनी नेपालकै सबैभन्दा ठुलो प्राईभेट सेक्टरको लगानी रहेको हाइड्रो पावर कम्पनी हो र यसले निरन्तर ३–४ बर्षदेखी नाफामा रहेको र प्राथमिक शेयर निष्काशन नै प्रिमियम मूल्यमा गर्न सक्ने वित्तीय अवस्था भएता पनि यसले सय अंकित दरमा आईपिओ निष्काशन गरेको र यसमा माग भन्दा ७ गुणा ज्यादा आवेदन समेत परेको थियो । यस कम्पनीको तीन प्रोजेक्ट मध्ये ५ मेगावाट क्षमता रहेको टाडी खोला आयोजना हाल संचालन भईरहेको र यसले निरन्तर आम्दानी दिईरहेकोमा अब अर्को ४२ मेगावाट क्षमता रहेको मिस्ट्री खोला आयोजनाको सम्पूर्ण काम सकिएर बिद्युत उत्पादनको लागी टेस्टीङ्ग पनि सकिसकेको र यसले अब नाफा कमाउन सक्ने गरी तयार भइसकेको छ यो संगै प्रति मेगावाट १४ करोड भन्दा कम लागतमा नै यो प्रोजेक्ट सकिएका जानकारी पाएका छौँ । यो आफैमा कम्पनीका लागी राम्रो कुरा मान्न सकिन्छ ।

यसो हुँदा यसै आ.ब. देखी यस आयोजनाले उत्पादन गरी कमाएको नाफा समेत चौँथो त्रैमासिक वित्तीय विवरणमा देखिने हुँदा उत्साहजनक विवरण आउने देखिन्छ जसले गर्दा हाल ३४ करोड भन्दा बढी संचित मुनाफा रहेकोमा यस आ.ब. मा मिस्ट्री खोलाको समेत मुनाफा गणना हुने हुँदा वितरण योग्य मुनाफामा उलेख्य बढोत्तरी हुन जाने समेत देखिन्छ र यस कम्पनीको प्रगती विवरण हेर्दा अहिले बजारको हाईड्रो सेक्टर कै अन्डर भ्यालुड कम्पनीको रुपमा देखिनाले समेत यस प्रति लगानीकर्ताहरुको आकर्षण बढीरहेको देख्न सकिन्छ ।

यस संगै यसै कम्पनीको १२ मेगावाट क्षमता रहेको क्यासकेड प्रोजेक्ट मिस्ट्री खोला २ आयोजनाको सम्पूर्ण अध्ययन सकिसकेको र अब आयोजना निर्माण कार्यको तयारी गरीरहेको र यसका लागी आवश्यक पर्न सक्ने पूँजीको लागी बैकल्पीक उपायहरुको खोजी गर्न विभिन्न सम्बद्ध पक्षहरु संगको छलफललाई अघि बढाइसकिएको जानकारी समेत पाईएको छ ।

यस कम्पनीको तेस्रो त्रैमासिक सम्मको वित्तीय विवरण हेर्दा १ अर्ब ९६ करोड ८० लाख २७ हजार चुक्ता पूँजी रहेको र १३०.८८ प्रति शेयर नेट वर्थ रहेको छ भने ८० प्रतिशत संस्थापक शेयर होल्डीङ्ग र २० प्रतिशत सर्वसाधारणमा शेयर होल्डीङ्ग रहेको छ । साथै, नेपाल इन्भेष्टमेण्ट बैँक, नबिल बैँक, नेपाल बैँक, लक्ष्मी बैँक र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. तथा विभिन्न ठुला लगानी ग्रुपहरुको समेत यस कम्पनीमा लगानी रहेको छ ।

तपाईको प्रतिक्रिया