फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर आइतबारदेखि लिलामीमा बिक्रीमा आएको छ । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले प्रतिकित्ता न्यूनतम मूल्य ३४५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् ।

शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि लिलामीमा आएको अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

उक्त संस्थापक शेयरमा लगानीकर्ताले साउन १७ गते बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीको शेयर बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया