
लक्ष्मी बैंकले असार २८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको “८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ बिक्री खुला गर्ने भएको छ । बैंकले दीर्घकालीन कर्जा लगानीको स्रोत जुटाउन वार्षिक ८.५० प्रतिशत ब्याजदरमा दश वर्ष अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले प्रति इकाई १ हजार रुपैयाँ अंकित दरमा कुल २० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । कूल निष्काशित ऋणपत्रमध्ये ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा आउनेछ भने एक अर्ब २० करोड बराबरको १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थाहरुलाई बिक्री गर्नेछ ।
उक्त ऋणपत्र खरिदका लागि लगानीकर्ताले छिटोमा असार ३१ गते र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदन पेश गर्दा न्यूनतम २५ कित्ता र अधिकमत १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।
ऋणपत्रमा सिडिएससीके मेरो शेयर एप तथा वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिन्छ ।
ऋणपत्र बिक्री गर्न बैंकले नेपाल धितोपत्र बोर्डबाट असार १५ गते मंगलबार अनुमति पाएको थियो । ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।