नेपाल एसबिआई बैंकको वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले बुधबार २८ औँ वार्षिकोत्सव मनाएको हो । बैंकले वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई चिकित्सा उपकरण सहयोग गरेको छ ।
वीर अस्पतालमा आयोजना भएकोे समारोहमा नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमूख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण समारोहमा वीर अस्पतालका उपनिर्देशक डा. आशिष ढुंगाना, बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सल्लाहकार छपि राज पन्त तथा अस्पताल तथा बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

Online Arthik










