असार १८ गतेदेखि लिलामीमा आएको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ८९ हजार ६५३ कित्ता संस्थापक शेयर कम्पनीले असार २९ गतेसम्मका लागि लिलामीमा ल्याएको हो ।

यो शेयरको न्यूनतम मूल्य रू. ७०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

यो शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र असार ३० गते विहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा विहान १० बजे खोलिने जानकारी पनि कम्पनीले गराएको छ ।

कम्पनीले यस अघि असार ६ गतेदेखि १५ गतेसम्म विक्री खुला गर्न वितरण हुन नसकेको उक्त शेयर पुनः लिलामीमा ल्याएको हो । कम्पनीले यस अघि १ लाख ९० हजार ६५३ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्दा १ हजार कित्तामात्र वितरण भएको हो ।

उक्त शेयर असार १७ गते बाँडफाँट गरी बाँकी शेयर पुनः लिलामीमा विक्री गर्न लागेको हो । यस अघि प्रतिकित्ता न्यूनतम मूल्य रू. ७५० तोकिएकोमा यस पटक रू. ५० कम गरेर कम्पनीले यो शेयर लिलामी गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया