नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज झन्डै साढे १४ लाख कित्ता सेयर थपिएको छ।

नेप्सेमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर थपिएको हो। यो संस्थाको १४ लाख ४८ हजार ६०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

यो लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १७.८३ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १६.९४ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही १६.९४ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

तपाईको प्रतिक्रिया