अजोड इन्स्योरेन्सले शेयर रजिष्ट्रार परिवर्तन गरेको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा यसअघि एनआईबिएल एस क्यापिटल रहँदै आएकोमा अब भने सिभिल क्यापिटल मार्केट लिमिटेडलाई चयन गरिएको छ ।

कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले २०७८ साउन ४ गतेदेखि लागू हुने गरी सिभिल क्यापिटल मार्केट लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनी सचिव बैद्यनाथ प्रसाद उपाध्यायले जानकारी दिए ।

यससँगै अब अजोड इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य सिभिल क्यापिटल लिमिटेड सुन्धारा काठमाण्डौं मार्फत हुनेछ ।

तपाईको प्रतिक्रिया