आर्थिक वर्ष २०७७/७८ को अन्त्य हुँदै गर्दा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले १०० करोड रुपैयाँमाथिको बीमाशुल्क आर्जन गरिसकेको छ।
कोभिड महामारीको विषम परिस्थितिमा समेत कम्पनीले नयाँ इतिहास रच्दै १ अर्ब क्लबमा प्रवेश गरेको हो। कम्पनीे सञ्चालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको नेतृत्वकोे पहिलो वर्षमा नै व्यवस्थापनलगायत कर्मठ कर्मचारीको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा ६९ करोड रुपैयाँ बीमाशुल्क आर्जनको तुलनामा यस आर्थिक वर्षको बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको हो।

निरन्तर गुणस्तरीय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रर्वद्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलापमार्फत यो सफलता हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ।

Online Arthik










