आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ।

संस्थाले रु. ६० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।

आईपीआ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा आदर्श लघुवित्त र बीओके क्यापिटलबीच बुधबार सम्झौता भएको छ। सम्झौतापत्रमा आदर्श लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बीओके क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कुन्दर शर्माले हस्ताक्षर गरेका छन्।

यसैगरी आदर्श लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मा पनि बीओके क्यापिटलले नै पाएको छ।

तपाईको प्रतिक्रिया