लक्ष्मी बैंक लिमिटेडद्वारा प्रबर्द्धन गरिएको तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापमक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।
फण्डले ३५ प्रतिशत नगद लाभांश वितरण प्रयोजनका लागि साउन १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार सो भन्दा अघिल्लो दिन अर्थात साउन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।
साउन ७ गते सम्पन्न क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाका इकाईधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको थियो।

Online Arthik










