प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं। २ भानुचोक तथा बागमती प्रदेशको पाँचखाल नगरपालिका वडा नं। ४ मा शाखा कार्यालयहरु विस्तार गरी कारोबार सुरुआत गरेको छ।
योसँगै फाइनान्सको १३ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन्। फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह गरिनेछ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले कोभिड महामारीका बीच स्थापना गरिएको नयाँ शाखाहरुले जनकपुर तथा पाँचखालका नगर क्षेत्रसहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, आईपीएस, कनेक्ट आईपीएस, सि–आस्बालगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैंकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ। फाइनान्सले केही दिनभित्र नै देशका प्रमुख सहर तथा सहरोन्मुख क्षेत्रहरुमा थप ३ वटा शाखा तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारीसमेत गरिसकेको छ।

Online Arthik










