यूनाइटेड इन्स्योरेन्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले शेयरधनीलाई लाभांश बिना नै साउन ३१ गते आइतबार २७ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

आर्थिक वर्ष २०७२/७३ दश प्रतिशत बोनस वितरण गरेयता चार आर्थिक वर्षमा कम्पनीको शेयरमा लगानी गर्नेले लाभांश पाउन सकेका छैनन् ।

सिजी आगलागीको अग्नी बीमालेख भुक्तानी वापत बीमा समितिको कारवाही र वित्तीय अवस्था सुदृढ बन्न नसक्दा कम्पनीले लाभांश वितरण गर्न सकेको छैन। यद्यपी पछिल्लो वर्षहरुमा कम्पनीको पफमेन्स राम्रो रहँदै आएको छ ।

कम्पनीले साउन ३१ गते बिहान ११ः०० बजे अनलाइन (भर्चुअल) माध्यमबाट सभा बोलाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने छ । यस्तै, सभाले आर्थिक वर्ष २०७७/०७८ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २० गतेका दिनदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार साउन १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागि हुन सक्नेछन् ।

तपाईको प्रतिक्रिया