समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ११ रुपैयाँ  ८ पैसा बढेर ३७ रुपैयाँ ९४ पैसा पुगेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढेकोले लघुवित्तको ईपीएस बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १११.११ प्रतिशत बढेको छ। खुद ब्याज आम्दानी ६५.९४ प्रतिशत बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्था ९२ लाख ऋणात्मक हुँदा लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४९.४५ प्रतिशत बढेको छ भने जगेडा कोष ४३.११ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ६०.६४ प्रतिशत, निक्षेप ५४.५४ प्रतिशत र कर्जा ५७.९८ प्रतिशत बढेको छ।

असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४३ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया