नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई नेपाल एग्रो लघुवित्त प्राप्ती गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले इन्फिनिटीलाई नेपाल एग्रो लघुवित्त प्राप्ती (एक्विजिशन) गर्न स्वीकृति प्रदान गरेको हो ।

दुबै संस्थाले एक आपसमा गाभिन वा एक्विजिशनका सैद्धान्तिक सहमति प्रदान गर्दा तोकिएको शर्त तथा प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृतिका लागि पेश गरेको निवेदन अनुसार राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

इन्फिनिटी लघुवित्तले ९८ रुपैयाँमा नेपाल एग्रो लघुवित्तलाई खरीद गरेको हो । यसअनुसार नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर हुने लगानीकर्ताले अब मर्जर पश्चात बन्ने इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर पाउनेछन् ।

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गने सम्बन्धमा दुबै संस्थाको विशेष साधारण सभाबाट उक्त प्रस्ताव पारित भएको थियो ।
त्यसअघि गत माघ २६ गते भएको प्राप्ती सहमतिलाई नेपाल राष्ट्र बैंकले गत जेठ ११ गते सैद्धान्तिक सहमति दिएको थियो ।

तपाईको प्रतिक्रिया