सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ८ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

आज सार्वजनिक चौथो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.२ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको नाफा १० करोड ९० लाख रुपैयाँ रहेको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी पनि १४.६६ प्रतिशतले घटेर २० करोड १५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले २३ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीको रिजर्भको आकार १३३.२७ प्रतिशतले बढेर ८ करोड ३५ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिभर्जमा ३ करोड ५८ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ७३ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.२९ रुपैयाँ रहेको छ। पीई रेसियो ३९.७९ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १११.४० रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया