छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ८७.२४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६४ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ५१.८३ प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ८७ करोड ७ लाख रुपैयाँमा सीमित थियो।

संस्थाको खुद ब्याज आम्दानी पनि १७.७५ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ७५ रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले २२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष १६ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ८४.२२ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्ष १ अर्ब ६९ करोड रुपैयाँ रहेको रिजर्भमा बढेर ३ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।

चुक्तापुँजी १ अर्ब ८३ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ६६.४३ रुपैयाँ पुगेको छ। पीई रेसियो २६.१६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २३१.८५ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया