सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको प्रतिफल घोषणा गरिएको छ। योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको आज बसेको बैठकले गत आर्थिक वर्षका लागि सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फन्डको प्रतिफल घोषणा गरिएको हो। यी दुवै योजनाका इकाइधनीहरुलाई ३०/३० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ।

क्यापिटलका अनुसार सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ का इकाइधनीहरुलाई पनि करसहित ३० प्रतिशतले हुन आउने ३६ करोड रुपैयाँ प्रतिफल वितरण गरिनेछ।

त्यस्तै सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ३० प्रतिशतले हुन आउने ४५ करोड रुपैयाँ प्रतिफल वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया