बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमीटेडले आगामी साउन ३२ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासन गर्ने भएको हो ।

प्रतिमेगावाट लागत २३.८ करोड रुपैयाँ रहेको यो कम्पनीले प्रति साधारण सेयर १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावितका लागि ४ लाख कित्ता निश्कासन गर्न लागेको हो । आयोजना प्रभावितलाई वितरण गरिसकेपछि दोश्रो चरणमा ८ लाख कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि निश्कासन हुनेछ । सर्वसाधारणका लागि कहिलेदेखि सेयर निश्कासन गर्ने हो भन्ने विषय चाहि दोश्रो चरणमा जानकारी दिइनेछ ।

आयोजना प्रभावितले साउन ३२ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिनसक्नेछन् । सोबेलासम्म निश्कासित सेयर बिक्री नभएमा ढिलोमा भदौ २९ गतेसम्म आवेदन खुल्ला हुने बताइएको छ ।

इच्छुक आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

यो कम्पनीले नूवाकोट जिल्लामा ४.९९३ मेगावाट क्षमताको तल्लो टाँडीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो कम्पनीको लगानी फिर्ता हुने अवधि(पे ब्याक पिरियड) ५.४९ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८.५८ वर्ष रहेको छ ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ ।

तपाईको प्रतिक्रिया