
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ साउन २६ गते मंगलवार बाँडफाँट हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको प्रतिकित्ता रू. १०० अंकित दरको रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । कुल कित्तामध्यबाट २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
उक्त आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकहरुबाट २ करोड ८४ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको भनाई छ । सोमवार प्रि अलोटमेण्ट सम्पन्न गरिसकेको जानकारी दिदैं क्यापिटलले मंगलवार विहान ९ बजे क्यापिटलकै कार्यालयमा बाँडफाँट गर्न लागिएको जानकारी दिएको हो । कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।