
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको पहिलो तेस्रो दिन आज मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से तीन हजार एक सय ६१ दशमलब ४४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७८ साल असार २० गते बुधबार नेप्से तीन हजार एक सय ४० दशमलब ३८ विन्दुमा पुगेको थियो ।
नेप्सेका अनुसार आज नेप्से ५१.९७ अंकले बढको छ । साथै, आज कारोबार रकम पनि बढेको छ । आज १७ अर्ब ८४ करोड ६१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका तीन समूहको घटेका छन् भने अन्य सबै समूह बढेका छन् ।
आज कारोबार भएका कम्पनीमध्ये १९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बेष्ट फाइनानस कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, आईसीएफसी फाइनान्स, प्रोगेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सिनधु विकास बैंक जीवन विकास लघुवित्त रहेका छन् ।
त्यसैगरि आज साइन रेसुङगा डेभलपमेन्ट बैंक, युनियन लाइफ इन्स्योरेन्स, माउनटेन इनर्जी नेपाल, सांग्रिला डेभलपमेन्ट बैंक, मल्टिपर्पोजज फाइनान्स कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, पोखरा फाइनानस र समृद्धि फाइनान्स कम्पनीको शेययरमूल्यमा उच्च बृद्धि भएको छ ।
त्यस्तै, साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज करिब ८९ करोडको कारोबार भएको छ ।