युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको नाफा उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४३ करोड ५९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.९६ प्रतिशत बढी हो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ३३०.३८ प्रतिशत बढेर ७ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

यस इन्स्योरेन्सको जगेडा कोष समीक्षा अवधिमा ५०.०८ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको बीमा कोष १२.७० प्रतिशत बढेको छ भने महाविपत्ति कोषमा कुनै रकम सञ्चय गरिएको छैन। इन्स्योरेन्सले सो अवधिसम्ममा पुनर्बीमा कमिशन बापत १२ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ।

खुद नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको यस्तो आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५ रुपैयाँ ६२ पैसा बढी हो। सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९७.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया