हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो। कम्पनीले भदौ २५ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालयमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा दिनको २ बजे भर्चुअल जुम मिटिङ्गमार्फत सञ्चालन हुनेछ।

सभाले कम्पनीको जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुने रकम १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

तपाईको प्रतिक्रिया