एनएमबि बैंक काेष प्रवर्द्धक रहेकाे एनएमबि क्यापिटल लिमिटेडले व्यवस्थापन गरेकाे २ वटा म्युचुअल फण्डहरूले लाभांश वितरण गर्ने प्रयाेजनका लागि बुकक्लोज मिति ताेकेका छन् । दुवै म्युचुअल फण्डले लाभांश प्रयाेजनका लागि भदाै १८ गते बुकक्लाेज गर्ने भएका छन् । त्यसैले, भदाै १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनएमबि क्यापिटलकाे साउन ३२ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षको नाफाबाट एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई करसहित २० प्रतिशत र एनएमबि ५० का इकाईधनीहरूलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया