मञ्जुश्री फाइनान्स लिमिटेडले लिलामीमा राखेको संस्थापक सेयरमा आवेदन दिने आज भदौ ८ गते अन्तिम रहेको छ। कम्पनीले संस्थापक समूहअन्तर्गतको १२ हजार ५८७ कित्ता सेयर लिलामीमा राखेको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।

यो लिलामी सेयरमा योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया