मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। भदौ ७ गतेदेखि लागू हुने गरी नेपाल एसबीआई मर्चेन्ट मानुषी लघुवित्तको सेयर रजिस्ट्रारमा नियुक्त भएको हो। योसँगै अब नेपाल एसबीआई मर्चेन्टले मानुषी लघुवित्तको सेयर दाखिला खारेज, नामसारी, धितोबन्धक, डिम्याटलगायत सेयर रजिस्ट्रेसनसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।

यसअघि मानुषी लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा पनि नेपाल एसबीआई मर्चेन्ट नै रहेको थियो। यो आईपीओको हिजो भदौ ७ गते बाँडफाँड भइसकेको छ।

मानुषी लघुवित्तले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री गरेको थियो।

तपाईको प्रतिक्रिया