नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो । मंगलबार भने सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १२०० मा कारोबार भएकोमा आज बढेर तोलामा १२१० कायम गरिएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया