नेपाल स्टक एक्सचेञ्ज अधिकांश परिसूचकमा पहिरो गएको छ । आज नेप्से ४८।४२ अंकले घटेर तीन हजार ७६ दशमलब ४५ विन्दुमा थामिएको छ ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज १२ अर्ब ९ करोड २१ लाख बराबरको कारोबार भएको छ । मंगलबार १६ अर्ब १२ करोड ४४ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका सबै समूह घटेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरुमा जीवन विकास लघुवित्त वित्तिय संस्था र आइसीएफसी फाइनान्स लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य ४२९।६० रुपैयाँले बढेर प्रतिकित्ता ४७२६।३० पुगेको छ भने आइसीएफसी फाइनान्स लिमिटेडको शेयरमूल्य १०६।९० रुपैयाँले बढेर प्रतिकित्ता ११७६।८० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९।९८ प्रतिशतले घटेर प्रतिकित्ता ३५७।३० रुपैयाँमा झरेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर लिमिटेडको भएको छ । यस कम्पनीको आज ४८ करोड भन्दा बढीको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया