मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि बक्री खुला गरेको मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो।

कुल इकाई मध्येबाट पनि १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो ।

यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।

इकाई खरिदका लागि छिटोमा भदौ १० गतेसम्म तथा उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने ढिलोमा भदौ १८ गतेसम्म आवेदन गर्न सकिनेछ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्ससँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयर वेब र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया