मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना मेगा म्युचुअल फण्ड–१ मा माग गरेभन्दा बढी आवेदन परेको छ ।

प्रति इकाई मूल्य १० रुपैयाँको १० करोड इकाईमध्ये न्यूनतम एक करोड पचास लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम पन्ध प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखि बाँकी आठ करोड पचास लाख इकाईमा सार्वजनिक निष्काशन गरेको दुई दिनमै माग भन्दा बढि आवेदन प्राप्त भई चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १,६३,६४६ आवेदकहरुबाट करिब २०,१४,५५,६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको छ ।

नेपालको वित्तीय इतिहासमा हाल सम्मकै म्युचुअल फण्डमा सवै भन्दा धेरै आवेदन यस “मेगा म्युचुअल फण्ड–१” मा प्राप्त भएको छ । जुन नेपालको वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फण्डमा सबैभन्दा धेरै आवेदन परेको मेगा क्यापिटलले जनाएको छ ।

मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिनेछ ।

तपाईको प्रतिक्रिया