राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” सूचिकृत भएको छ ।

एक अर्ब पच्चिस करोड रुपैँया बराबरको १२ करोड ५० लाख इकाई आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भएको हो । उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत श्री निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभएको हो ।

“आरविवि म्युचुअल फण्ड १” को योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत्प्रतिशत लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बंैकिङ्ग लि. रहेको  छ।

तपाईको प्रतिक्रिया