डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बिहीबार १७ गते बिहान बसेको लघुवित्त सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी सञ्चालक समितिको २९९ औं बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ बराबरको २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया