मुक्तिनाथ विकास बैंक लिमिटेडको ‘मुक्तिनाथ डिबेन्चर २०८४/८५’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

मुक्तिनाथ विकास बैंक र नेप्सेबीच भदौ १७ गतेका दिन ८.७५ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र सूचीकरण सम्झौता भएको हो। सम्झौताबमोजिम उक्त ऋणपत्रको चुक्ता मूल्य रु. १ हजार दरका कुल १२ लाख ५० हजार इकाइ ऋणपत्र सूचीकृत भएको छ।

बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी)मार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुल्ला बिक्री गरेको थियो। यसरी सर्वसाधारणमा वितरण गरिएको १२ लाख ५० हजार इकाइ ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा गत भदौ १५ गतेको निर्णयानुसार सूचीकरण भएको हो।

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिजा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

तपाईको प्रतिक्रिया