लगातार घटिरहेको सुनको भाउ साताको अन्तिम कारोबार दिन शुक्रबार थोरै उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँमा झरेको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।

Online Arthik










