युनिलिभर नेपाल लिमिटेड गत आर्थिक वर्ष २०७७/८८ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीले सेयरधनीहरुलाई प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिने बैठकले निर्णय गरेको छ। वार्षिक साधारणसभा सम्पन्न भएको ४५ कार्यदिनभित्र सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २४ गतेसम्म कायम सेयरधनीहरुले युनिलिभर नेपालको नगद लाभांश पाउनेछन्।

अघिल्लो वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमात्र नगद लाभांश वितरण गरेको थियो।

तपाईको प्रतिक्रिया