नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश परिमार्जन गरेको छ। कम्पनीले अब हाल कायम चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित २.५० प्रतिशत नगद लाभांश गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। यसअघि कम्पनीले हाल कायम चुक्ता पूँजीको १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

बीमा समितिको निर्देशन अनुसार वित्तीय विवरण परिमार्जन गरेपछि कम्पनीको लाभांश परिमार्जन भएको कम्पनीले जनाएको छ। भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गर्ने निर्णय गरेको हो।

नेपाल सरकार अर्थ मन्त्रालय र नियामक निकाय बीमा समितिबाट स्वीकृत भइ साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया