सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको कमाइबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
साथै बैठकले लाभांश पारित गर्न आगामी कार्तिक ७ गते कम्पनीको दशौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १८ गते १ दिनको लागि बुकक्लोज गर्ने जनाएको छ। असोज १७ गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्।

Online Arthik










